मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारमाथि भएको आक्रमणबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

जनकपुरधामका पत्रकारहरूमाथि अधिवक्ताहरूको एक समूहले गरेको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले बुधबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालयमा पुगेर घटनाबारे विस्तृत जानकारी संकलन गरेको हो।

आयोगका अधिकृत किरण घिमिरे र राहुलकुमार ठाकुर तथा सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झासहितको टोलीले महासंघका पदाधिकारी र घाइते पत्रकारहरूसँग भेटेर विवरण लिएको आयोगले जनाएको छ। साथै, टोलीले अन्य सम्बन्धित व्यक्तिहरूसँग पनि प्रत्यक्ष छलफल गरी प्रमाण संकलन गरेको छ।

नेपाल पत्रकार महासंघका अनुसार वकिलहरूको आक्रमणबाट महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिलकुमार निरालाको आँखा सुनिएको र दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै, महासंघकी उपाध्यक्ष ज्योति झा र पत्रकार विनिता यादवसँग लैंगिक संवेदनशीलताविपरीत हातपात र दुर्व्यवहार गरिएको आरोप पनि लगाइएको छ।

महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन तथा संवैधानिक सर्वोच्चता र कानुनी शासनको मर्यादा कायम गर्न आयोगलाई आग्रह गरेको छ।

घटनाबारे जानकारी लिन आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्ण, मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, सचिव हदिश खुद्दार, धनुषा शाखा अध्यक्ष पुरण गुप्तासहितका पत्रकारको उपस्थिति रहेको थियो। आयोगका प्रतिनिधिहरूले उपलब्ध विवरण र थप अनुसन्धानका आधारमा शीघ्र प्रतिवेदन पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबिच, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव नेतृत्वको टोली पनि महासंघ मधेश प्रदेश कार्यालयमा पुगेर घटनाबारे जानकारी लिएको छ। यसअघि, सुरेश यादव, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेश प्रदेश कार्यालयका प्रमुख राजु पासमानको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा घाइते पत्रकारहरूलाई भेटी आवश्यक विवरण संकलन गरेको थियो।