मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

पूर्वसांसद ऋषिकेश तिवारीको ‘गाउँघरलाई सम्झेर आऊ आजै’ गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२४:oo

पर्वतका पूर्वसांसद तथा सामाजिक अभियन्ता ऋषिकेश तिवारीको ‘गाउँ घरलाई सम्झेर आऊ आजै...’ बोलको गीत सार्वजनिक भएको छ। सामाजिक उद्यमशीलताका अभियन्ता तिवारीको परिकल्पना तथा शब्द रचनामा रहेको गीत सार्वजनिक भएको हो।

अहिले हरेक दिन नेपालका युवायुवतीहरू बिदेसिने क्रम जारी रहेको समयमा तिवारीले गीतमार्फत केही आशा जगाउन खोजेका छन्। गीतमा अञ्जान बाबु र सुस्मिता क्षेत्रीको स्वर रहेको छ भने लय अञ्जान बाबु तथा शब्द संयोजन सहयोगीका रूपमा धीरज नाथ छन्।

गीतको वाद्यवादकहरूमा खड्ग बुढा (मादल), मनीष गन्धर्व (सारंगी), रत्न विक (बाँसुरी), सविर कार्की (गितार), समीर जैरू (सहनाई) छन्। यस्तै, समूह गायनतर्फ आरती विष्ट र सीता केसी छन् भने थेगो प्रह्लाद सुवेदीको छ।

संगीत संयोजनमा सविर कार्की, ध्वनि सम्पादनमा गोविन्द्र सोनी, दृश्य सम्पादनमा ठाकुर सुवेदी छन्। यमन पौड्यालको निर्देशनमा तयार भएको गीत हुरी स्टुडियो कुपन्डाेलमा रेकर्ड भएको हो। 

सार्वजिक भएको गीतमा पर्वत जिल्लाको उद्यमशीलतालाई आधार बनाई छिट्टै भिडियोसमेत छायांकन हुने तिवारीले बताए।