मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:१o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १० अर्ब दुई करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ। 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ११ करोड रुपैयाँ कमी आएको हो। आज ३२३ वटा धितोपत्रको एक करोड ७६ लाख ७१ हजार ५७५ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ। यस दिन सिटी होटेलको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६३६ रुपैयाँ २० पैसा कायम भएको छ। यस्तै, समाज लघुवित्तको मूल्य ४.३४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७९२ रुपैयाँ ६३ पैसा पुगेको छ।

सिक्लेस हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३२ रुपैयाँ ५१ पैसामा झरेको छ। यसैगरी, उन्नति सहकार्य लघुवित्तको मूल्य आठ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६६ रुपैयाँ ५४ पैसा कायम भएको छ।

मंगलबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ५३५ रुपैयाँमा २६ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार रुपैयाँमा २३ करोड ९६ लाखबराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।