मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format १६:o४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्री बानियाँले मागे प्रतिपक्ष दलसँग विश्वासको मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o४:oo

बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूसँग विश्वासको मतका लागि औपचारिक आग्रह गरेका छन्।

उनले प्रदेश सभामा रहेका सबै राजनीतिक दलका नेताहरूलाई पत्रमार्फत प्रदेश सरकारको स्थायित्व, सुशासन र प्रदेशको समुन्नत विकासका लागि आफ्नो नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्न अनुरोध गरेका हुन्।

‘वर्तमान राजनीतिक परिस्थितिमा स्थिर सरकार प्रदेशको आवश्यकता हो। जनअपेक्षाको सम्मान गर्दै र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने हेतुले सबै सांसदहरूले सहकार्यका भावनासहित मत दिनु आवश्यक छ,’ बानियाँले दलहरूलाई भनेका छन्।

प्रदेश सभा बैठक अहिले ४ बजे बस्ने र सो बैठकमा विश्वासको मत प्रक्रियामा जाने कार्यक्रम रहेको छ। हाल बानियाँले कांग्रेस–एमाले गठबन्धनको नेतृत्व गर्दै छन् भने विपक्षी दलमा माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टी छन्।

११० सदस्यीय बागमती प्रदेश सभामा सत्तारूढ दल कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्। हालको समीकरणअनुसार बानियाँले विश्वासको मत पाउन कम्तीमा ५६ मत आवश्यक छ।