Skip This
बागमतीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एक महिलाको मृत्यु, सातजना घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
श्रवण थापा सर्लाही
Invalid date format २१:o४:oo
Read Time : > 1 मिनेट
समाचार

बागमतीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एक महिलाको मृत्यु, सातजना घाइते

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format २१:o४:oo

सर्लाहीको बागमतीमा सोमबार भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

सोमबार बागमती नगरपालिका–१२ बागमती पुल–भरत ताल सडकखण्डमा मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको ज११प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो । घटनामा ४९२३ नम्बरको मोटरसाइकलमा सवार बारा कोल्बी नगरपालिका–९, की इनरवती चौधरीको मृत्यु भएको हो ।

चौधरी सवार मोटरसाइकल उनका छोरा दीपक चौधरीले चलाएका थिए । घटनामा सोही मोटरसाइकलमा सवार दीपकका भाइ रामरूप समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको रौतहटको चन्द्रपुरमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी इनरवतीलाई तत्काल उपचारको लागि चन्द्रनिगाहापुर पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

यस्तै, प्रहरीका अनुसार पछाडिबाट ठक्कर दिन ५५०५ नम्बरको मोटरसाइकल चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–९ का २० वर्षका विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको मुजफरपुर जिल्लाको मिनापुर ग्रामपञ्चायत–१० बस्ने २० वर्षका प्रेम कुमार भगत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । 

उनीहरू दुवै जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको छ । दुवै मोटरसाइकल समेत नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

सोमबार नै बागमती नगरपालिका–१२, भित्री सडक खण्डअन्तर्गत बथनिया टोलमा भएको मोटरसाइकल दुर्घटनामा तीनजना घाइते भएका छन् । 

पूर्व पश्चिम राजमार्गबाट भरत तालतर्फ जादै गरेको बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फबाट आउँदै गरेको प्रदेश ०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा दुबै मोटरसाइकलका चालक र सवार व्यक्ति गरी तीनजना घाइते भएका हुन् । 

दुर्घटनामा परेर २४३० नम्बरको मोटरसाइकलका चालक रौतहटको चन्द्रपुर नगरपालिका–१० बस्ने १८ वर्षका घनश्याम चौधरी सामान्य घाइते भएका छन् । उनलाई बागमती मोडेल अस्पतालमा उपचारपछि इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ भने, ७८७९ नम्बरको मोटरसाइकलका चालक रौतहटको दुर्गा भगवाती गाउँपालिका–१ बस्ने १८ वर्षका राजु चौधरी पनि उपचारपछि डिस्चार्ज भएका छन् । 

सोही मोटरसाइकलमा सवार चौधरीकी आमा ४५ वर्षकी राधिकादेवी चौधरीको भने टाउको, ढाड, हात लगायतमा चोट लागेर उपचार भइरहेको प्रहरीले जनाएको हो । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।