Skip This
२७ साउनमा मुख्यमन्त्री बानियाँको विश्वासको मत प्रस्ताव पेस हुने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
Invalid date format २o:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश

२७ साउनमा मुख्यमन्त्री बानियाँको विश्वासको मत प्रस्ताव पेस हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४२:oo

बागमती प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मतसम्बन्धी प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ। सोमबार अपराह्न बसेको समितिको बैठकले संसद् सचिवालयमा दर्ता भएको प्रस्तावलाई प्रक्रियागत रूपमा अघि बढाएर निर्णायार्थ पेस गर्ने तयारी गरेको हो।

सभामुख भुवनकुमार पाठकका अनुसार २७ साउन अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेस गर्नेछन्। त्यसपछि मत विभाजनको प्रक्रिया अघि बढाइनेछ। २० साउनमा कांग्रेस र एमाले गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई सरकार कायम राख्न ५६ सांसदको समर्थन आवश्यक छ। 

प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७ सांसदसहित ६४ मत उनको पक्षमा रहेको छ। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद प्रदेश सभामा छन्।

विश्वासको मत प्रस्तावअघि प्रदेश सभामा दलगत रूपमा नेताहरूले प्रदेशको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थासम्बन्धी धारणा राख्ने कार्यसूची पनि रहने सभामुख पाठकले जानकारी दिए।