मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Wednesday, 13 August, 2025
२o८२ श्रावण २६ सोमबार o६:o५:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अधबैँसे र माछाको जीवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार o६:o५:oo

साँझको समय थियो । भर्खरै प्रेममा परेका एक जोडी समुद्र किनारमा घुम्दै थिए । उनीहरू एकअर्काका हात समाती मायाप्रेमका कुराकानी गर्दै अघि बढिरहेका थिए । त्यत्तिकैमा उनीहरूले समुद्र किनारमा केही टिप्दै समुद्रतिर फालिरहेका एक अधबैँसेलाई देखे । अघि बढ्दै जाँदा उनीहरू अधबैँसेको नजिकै पुगे । उनी पानीको छालले किनारामा ल्याइपुर्‍याएका र छालसँगै फर्किन नसकेर किनारमै छटपटिइरहेका माछा टिप्दै पुनः समुद्रमै फ्याँक्दै थिए । 

अधबैँसेको यस्तो हर्कत देख्दा उनीहरू छक्क परे । उनीहरू नजिकै गए र नमस्कार गर्दै सोधे– महाशय, तपाईं यो के गर्दै हुनुहुन्छ ? ‘उनीहरूतिर हेर्दा पनि नहेरी उनले मुखैले नमस्कार फर्काएर छिटोछिटो माछा टिपेर पानीमा फाल्दै विनम्रतापूर्वक भने– म छालले बाहिर फालेका माछा टिपेर पुनः समुद्रमै फ्याँक्दै छु । समयमै पानीमा पुर्‍याउन सकिएन भने अक्सिजन अभावमा यिनीहरू मर्नेछन् । 

उनको कुरा सुनेर ती दुईमध्ये युवतीले भनिन्– धेरै राम्रो ! तपाईंको काम प्रशंसनीय छ । तर, यो समुद्रको किनारमा त हजारौँ माछा यसैगरी फसेका होलान्, कति मरिसकेका होलान् भने कैयौँ मर्दै पनि होलान् । तपाईंले सबैलाई बचाउन त सक्नुहुन्न क्यारे ! फेरि समुद्र किनारमा त यस्तो सधैँ भइरहेकै हुन्छ नि ! तपाईंले दुई–चारवटा माछालाई पानीमा फ्याँक्दैमा के नै फरक पर्ने हो र ! 

उनको कुरा सुनेर ती अधबैँसे मुसुक्क मुस्कुराए, भुइँमा झुके र बालुवामा छटपटाइरहेको एउटा माछा टिपेर पानीमा फाल्दै भने– हेर्नुहोस् त, भर्खरै यस माछालाई त निश्चय नै फरक पर्‍यो, होइन र ?