मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

थन्डरबोल्ट्स र केडब्ल्युएस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

नेपाल स्कुल फुटबल यू–१८ लिगमा आइतबार जेम्स थन्डरबोल्ट्स र केडब्ल्युएस लोख्युग विजयी भएका छन्। थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा जेम्स मैदानमा चलिरहेको प्रतियोगितामा थन्डरबोल्ट्सले युलेन्स प्याथर्सलाई ५–१ ले पराजित गर्यो।

जेम्सका आर्यन अमात्यले खेलको ३, ९२ ३२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। आशिष पाँडेले ५९ मिनेटमा र स्वयं श्रेष्ठले २८ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्। युलेन्सका लागि एक मात्र गोल ३६ मिनेटमा भएको थियो।

दोस्रो खेलमा केडब्ल्युएस लोख्युगले चेल्सी फाल्कन्सलाई २–० ले हरायो। केडब्ल्युएसका लागि १८ मिनेटमा सुभम राउत र ४२ मिनेटमा युसभ भट्टराईले गोल गरे।

लगातार दोस्रो खेलमा समेत जित हात पारेसँगै जेम्स थन्डरबोल्ट्स र केडब्ल्युएस लोख्युग दुवैले ६ अंक जोड्न सफल भएका छन्। युलेन्स प्याथर्स र चेल्सी फाल्कन्स भने लिगको सुरुवाती दुई खेलमै पराजित भएका छन्।