मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण २५ आइतबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्धारित समयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न हुनुपर्नेमा प्रचण्डको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १२:३o:oo

 पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

आज रंगशलाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिएका हुन्। रंगशला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इन्जिनियर सन्तोष आचार्यले रंगशलाको प्रगतिबारे जानकारी गराएका थिए । हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिए। भरतपुर महानगरपालिका– १५ मा संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशला निर्माणाधीन छ ।

रंगशाला २०८३ पुस २२ गतेसम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । रंगशालाको निर्माण लागत रु. ७८ करोड ५० लाख ९१ हजार छ ।