मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
खेलाडी अक्सनमा बोली लगाइँदै । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८२ श्रावण २५ आइतबार o७:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिगको मिनी अक्सन : स्वदेशी खेलाडी को कतिमा अनुबन्ध ?

सहभागी आठै टिमको नजरमा परेका आदिल गोला प्रथाबाट काठमाडौंको पोल्टामा

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार o७:३३:oo

पहिलो संस्करण निलम्बनका कारण खेल्न नपाएका अलराउन्डर मोहम्मद आदिल अन्सारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको मिनी अक्सनमा सहभागी आठै टिमको नजरमा पर्ने एक्लो खेलाडी भएका छन् । शनिबार ललितपुरस्थित रोयल टुलिपमा ‘ए’ क्याटेगोरीका आदिललाई प्रतियोगिताका आठवटै टिमले उच्चतम मूल्य १५ लाखसम्म बोली लगाएका थिए । जसमा काठमाडौं भाग्यशाली बन्यो ।  योसँगै आदिल अक्सनमा आठवटै टिमले बोली लगाउने पहिलो खेलाडीसमेत बनेका थिए । अन्तिमतर्पm गोलाप्रथामा नाम आएका आदिललाई कर्णाली याक्स, जनकपुर बोल्ट, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी रायन्स र विराटनगर सिटीसहित काठमाडौंले पर्खेको थियो ।

जसमा सबै टोलीले बोली लगाउँदा सभाहल नै गुन्जायमान भएको थियो । गोलाप्रथामा भाग्यमानी बन्दा काठमाडौंको टेबलमा निकै उत्साह छाएको थियो । मिनी अक्सनमा आठ टिमले ३७ जना खेलाडी किनेका छन् । तर, अक्सनमा भने मात्र २६ जना खेलाडी बिक्री भए । मिनी अक्सनमा चितवन राइनोज महँगो बन्दा पोखरा एभेन्जर्स सबैभन्दा कम खर्च गर्ने टोली बनेको थियो । आदिलसँगै पवन सर्राफ, देव खनाल र अर्जुन साउदलाई किन्न चार टिमले अधिकतम १५ लाख खर्चिएका थिए । 

फिक्सिङ अरोपपछि निलम्बन
२०७९ पुसमा त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिगमा स्पट र म्याच फिक्सिङको आरोपपछि अलराउन्डर आदिललाई नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिबन्ध लगाएको थियो । उक्त प्रतियोगितामा नेपाली र विदेशी गरी १० खेलाडी संलग्न रहेको प्रहरीले दाबी गरे पनि काठमाडौं जिल्ला अदालतले आदिलसहित पाँचजनालाई सफाइ दियो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई प्रतियोगिता आयोजना गर्न दिएपछि प्रतियोगिता निकै विवादास्पद बनेको थियो । आदिललाई गत २१ वैशाखदेखि प्रतिबन्ध फुकुवा गरेको हो ।