मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
Invalid date format १९:o५:oo
Read Time : > 1 मिनेट
समाचार

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेसको ह्विप 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o५:oo

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गरेको छ ।

२७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वानसमेत गरिसकेको छ ।

दलका नेता बानियाँले शनिबार कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता एवं प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार शनिबार दिउँसो ललितपुर भैँसेपाटीस्थित मुख्यमन्त्रीनिवासमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको हो ।

‘बैठकले तीन बुँदामा ह्विप जारी गर्ने निर्णय गरेको छ । एउटा बैठकमा अनिवार्य उपस्थित हुने, दोस्रो तटस्थ नबस्ने र तेस्रो विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गर्ने निर्णय भएको हो,’ प्रवक्ता लामिछानेले भने ।

दलको कार्यसमिति बैठकले प्रवक्तामा लामिछानेलाई तोक्नुका साथै तीनसदस्यीय अनुशासन समितिसमेत गठन गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् । यसैगरी, बैठकले २७ साउन १ बजे कांग्रेस संसदीय दलको कार्यालय हेटौँडामा दलको बैठक राख्ने निर्णय गरेको लामिछानेले जानकारी दिए ।
मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैँसेपाटीमा दलको बैठक बसिरहँदा निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षको भने काठमाडौंमा छुट्टै बैठक बसिरहेको छ । 

विश्वासको मतको विषयमा छलफल गर्न लामा पक्ष छलफलमा जुटेको मुख्यमन्त्री बानियाँले २० साउनमा अन्य मन्त्रीको नियुक्तिसँगै लामा पक्षका तीन जनालाई पनि मन्त्री नियुक्त गर्नुपर्ने सहमति पालना नगरेको भन्दै लामा पक्ष असन्तुष्ट छ ।