Skip This
विदेशमा बस्ने नेपालीको मताधिकारका लागि रास्वपाले अभियान चलाउने 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २४ शनिबार o८:३३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विदेशमा बस्ने नेपालीको मताधिकारका लागि रास्वपाले अभियान चलाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार o८:३३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने भएको छ । रास्वपा केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउन केन्द्रीय समितिका तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइनेसमेत निर्णय भएको प्रवक्ता मनीष झाले बताए । 

बैठकले पार्टीका संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी पुन: दिने निर्णय गरेको छ । त्यस्तै, पार्टीको रिक्त विभिन्न विभाग तथा समितिमा पनि नियुक्ति गरिएको छ । जसअनुसार केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्यामबाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा गोकुल सापकोटा, मधेश प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल, पुनम शाह तथा केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनीत गरिएको छ । त्यस्तै, केन्द्रीय सदस्य र विभागीय सदस्यहरूलाई संगठन विस्तारमा खटाउने बैठकले निर्णय गरेको छ ।