Skip This
आइटी शिक्षा साझेदारीका लागि कोरियाली संस्था र भक्तपुरका दुई विद्यालयबिच समझदारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २३ शुक्रबार १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइटी शिक्षा साझेदारीका लागि कोरियाली संस्था र भक्तपुरका दुई विद्यालयबिच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार १९:o६:oo

दक्षिण कोरियाको जेजु नेसनल युनिभर्सिटी (जेएनयू)बाट सुजिन हानको नेतृत्वमा आएको १२ सदस्यीय स्वयंसेवी टोलीले अहिले नेपालमा सूचना प्रविधि (आइटी) शिक्षामा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ।

उक्त कार्यक्रम वर्ल्ड फ्रेन्ड्स कोरियाकाे पहलअन्तर्गत नेसनल इन्फर्मेसन सोसाइटी एजेन्सी (एनएलए) र जेउ युनिभर्सिटीको ‘राइज सेन्टर’ (क्षेत्रीय नवप्रवर्तन रणनीति शिक्षण केन्द्र)को सहयोगमा भएको हो।

कार्यक्रमअन्तर्गत टोलीले भक्तपुरको साँगास्थित महेन्द्र माध्यमिक विद्यालय (साउन ८–१६) र मध्यपुरथिमि नगरपालिका– ६ स्थित क्रिएटिभ लर्नर्स एकेडेमी (साउन १८–२४)मा एन्ड्रुइनो, एचटिएमएल र पाइथोनमा आधारित व्यावहारिक तालिम प्रदान गरिरहेको छ, जसले विशेषगरी आइटी शिक्षा पहुँचमा कमी भएका माध्यमिक तहका विद्यार्थीहरूलाई लक्षित गरेको छ।

टोलीले दुवै विद्यालयसँग दीर्घकालीन आइटी शिक्षा साझेदारीका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षरसमेत गरेको छ। साथै, टोलीले कोरियाली सहयोगमा सञ्चालन भएको कोरिया नेपाल अस्पताल (नेपालकै ठुलो कोरियाली स्वास्थ्य संस्था) पनि अवलोकन गर्‍यो।