Skip This
ओमप्रकाश गुरुङको निर्देशनमा ‘बुकी फूल’ बन्ने, मुख्य भूमिकामा दयाहाङ राई
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २३ शुक्रबार १४:१२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

ओमप्रकाश गुरुङको निर्देशनमा ‘बुकी फूल’ बन्ने, मुख्य भूमिकामा दयाहाङ राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार १४:१२:oo

अभियान फिल्म प्रोडक्सनको ब्यानरमा नेपाली चलचित्र ‘बुकी फूल’ निर्माण हुने भएको छ। बेदबहादुर गुरुङ (श्याम)को लेखन रहेको चलचित्रलाई ओमप्रकाश गुरुङले निर्देशन गर्नेछन्। 

निर्माण पक्षले दयाहाङ राई, संस्कृति गुरुङ, राजेश गुरुङ, प्रेम पुन, लालशोभा गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङलगायतका कलाकारलाई अनुबन्धित गरिसकेको छ। पर्यटकीय गाउँ सिक्लेस र कोरी क्षेत्रमा छायांकन गरिने उक्त चलचित्र आगामी भदाैदेखि माघ–फागुनसम्म छायांकन सम्पन्न गरेर ०८३ को वैशाखमा बजारमा ल्याउने तयारी गरेको बताइएको छ।

माघेसंक्रान्तिको दिन सिक्लेसको ‘मौदु क्यु फुई’ चोखो पानीमा स्नान गरेर तीर्थ गर्ने, दिउँसो छेलो फाल्ने प्रतियोगिताको जात्रा, भाद्र पूर्णिमामा दूधपोखरीमा नुहाउन तीर्थ जाने ऐतिहासिक परम्परा र आस्थामा आधारित सामाजिक पृष्ठभूमिमा ‘बुकी फूल’को परिकल्पना गरिएको छ।