Skip This
अदालतले अनुमति दिँदा पनि गृहमन्त्रीले रोके अड्डासार 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अदालतले अनुमति दिँदा पनि गृहमन्त्रीले रोके अड्डासार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

रास्वपा सभापति रवि लामिछानेले १४ जेठमै स्थानान्तरणको अनुमति पाऊँ भनेर कारागारमा निवेदन दिएका थिए । उक्त निवेदन कारागारले जिल्ला अदालत रूपन्देहीमा पठाएको थियो ।

१६ जेठमा न्यायाधीश अशोककुमार बस्नेतको इजलासले लामिछानेको मञ्जुरी भएमा उनलाई काठमाडौं उपत्यकाका कारागारमा स्थानान्तरण गर्न अनुमति प्रदान गरेको थियो ।

तर, अदालतले अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले लामिछानेलाई स्थानान्तरण गरेन । गृह प्रशासनले अदालतको आदेशसमेत उल्लंघन गरेको छ । अदालतबाट अड्डासार अनुमति पाएको दुई महिनासम्म लामिछाने भैरहवा कारागारमै छन् ।