Skip This
पाँचदलीय गठबन्धनलाई दोब्बर मतले हराउँदै चन्द्रपुर उद्योग वाणिज्य संघमा रास्वपाका सापकोटा विजयी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format o७:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँचदलीय गठबन्धनलाई दोब्बर मतले हराउँदै चन्द्रपुर उद्योग वाणिज्य संघमा रास्वपाका सापकोटा विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१३:oo

कांग्रेस–एमाले–माओवादी सहितको पाँचदलीय गठबन्धनलाई हराउँदै चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा रास्वपाका उदयनारायण सापकोटा (सुरेन) विजयी भएका छन् । उनले कांग्रेसका सुनीलकुमार साहलाई दोब्बर मतान्तरले हराए । साहलाई एकीकृत समाजवादी र जसपा नेपालले पनि साथ दिएका थिए । तैपनि सापकोटा दोस्रो कार्यकालका लागि विजयी भए ।

बुधबार भएको निर्वाचनमा सापकोटाले ५०२ मत प्राप्त गर्दा साहले २६९ मत पाएको निर्वाचन समिति संयोजक दिलीप कोइरालाले बताए । ३१ मत बदर भएको थियो । सापकोटा रास्वपा चन्द्रपुर नगर सभापति हुन् । उनी कांग्रेस छोडेर रास्वपामा प्रवेश गरेका थिए ।

‘मैले राम्रो काम गरेकाले साथीहरूले विजयी गराउनुभयो,’ नवनिर्वाचित अध्यक्ष सापकोटाले भने, ‘पाँच दल एक ठाउँमा उभिँदा पनि जित्न सफल भए । पार्टी (रास्वपा)को प्रभावका कारणले पनि हो ।’ उनले अघिल्लो कार्यकालमा संघको आफ्नै भवन निर्माण गरेका थिए ।

सदस्यहरू भने निर्विरोध चयन भएका छन् । एमालेनिकट दिवाकर सापकोटा, अनन्त अधिकारी, जगदीप चौधरी र युवराज कार्की तथा कांग्रेसनिकट व्यापारी अवधेशहरि भट्टराई र पुजन सत्याल निर्विरोध सदस्य चुनिए । त्यस्तै, एकीकृत समाजवादीनिकट सीता चौहान, गेनबहादुर दर्लामी तथा माओवादीनिकट रेखा गुप्ता र गौतम खड्का पनि निर्विरोध निर्वाचित भए ।

संघको पहिलो बैठकले सदस्य चयन भएकाहरूबाट पदाधिकारी बनाउने व्यवस्था रहेको अध्यक्ष सापकोटाले बताए । तर, माओवादी कोटाबाट सदस्यमा निर्विरोध बनेकी गुप्ताले आफू सदस्य पदमा नबस्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेकी छिन् ।

एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै  तिलोत्तमाको टोल विकास संस्थामा रास्वपा विजयी
यसअघि असार अन्तिम साता मात्र रुपन्देहीको तिलोत्तमा नगरपालिका–८, मिलन टोल विकास संस्थामा पनि सत्तारूढ कांग्रेस–एमालेको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रास्वपाका उम्मेदवार विजयी भएका थिए । रास्वपाका रमाकान्त भुसाल १२४ मतसहित अध्यक्षमा विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका एमालेका कृष्ण चापागाईंले १०० मत मात्र पाएका थिए ।

२७२ घरधुरी रहेको टोलमा २३३ मत खसेको थियो । १५ सदस्यीय कार्यसमितिमा चार पदाधिकारीसहित आठ सिटमा रास्वपाका उम्मेदवार विजयी भएका थिए । एमालेका तीन, कांग्रेसका दुई र रास्वपाकै प्यानलबाट राप्रपाका दुईजना विजयी भएका थिए । तिलोत्तमा–८ कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको वडा हो । कांग्रेस जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेको वडा पनि यही हो ।