Skip This
कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट, पाँचजना घाइते 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार २१:३६:oo
Read Time : < 1 मिनेट
समाचार

कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट, पाँचजना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार २१:३६:oo

कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच कुटाकुट भएको छ। बिहीबार बेलुकी भएको कुटाकुटमा पाँचजना कैदीबन्दी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार थुनुवा राहुल राना, धीरज बम, मोहन राना, विशेषनाथ योगी र हिमाल राना घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि तत्कालै सेती प्रादेशिक अस्पताल लगिएको थियो। सामान्य घाइते चारजनालाई उपचारपछि कारागार फिर्ता लगिएको र एकजनाको सेतीमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

उनका अनुसार टाउकोमा गहिरो चोट लागेका राहुलको सेतीमा उपचार भइरहेको छ। उनको टाउकोको सिटिस्यान गरिएको छ।  कैदीबन्दीबिच कुटाकुट हुनुको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कुटाकुट भइरहेको थाहा पाएपछि जिल्ला प्रहरी प्रमुख बालनरसिंह राणा कारागार पुगेका थिए भने कारगारमा ठुलो संख्यामा प्रहरी परिचलन गरिएको थियो।  उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएका एक घाइते कैदीले लम्कीका भुपेन्द्र बडुवाल हत्या घटनामा कारगारमा रहेको समूहले आफुहरूमाथि कुटपिट गरेको बताएका छन् । उक्त समूहले कारागारमा हैकम जमाएको र बिनाकारण कुटपिट गर्ने गरेको उनले बताए।

गत २८ असारमा पनि कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीबिच कुटकुट भएको थियो। कुटपिटबाट कारागारका मूल नाइके खगेन्द्र बोगटी घाइते भएका थिए। कुटपिटबाट बोगटीको नाक र मुखमा चोट लागेको छ । बोगटीलाई पनि बडुवाल हत्या प्रकरणमा कारागारमा रहेका कैदीले कुटपिट गरेका थिए। केही दिनअघि पनि कैदीबन्दीबिच विवाद भएको थियो। कैदबन्दीबिच कुटाकुटका घटना बारम्बार दोहोरिएपछि कारागारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ।