Skip This
एमाले बागमतीको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार २o:५७:oo
Read Time : < 1 मिनेट
प्रदेश

एमाले बागमतीको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार २o:५७:oo

एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन्। संसदीय दलको नेता जगन्नाथ थपलियाले उनलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्। 

बिहीबार संसदीय दलको कार्यालय हेटौँडामा नेता थपलियाले उनलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। नेता थपलियाले एमाले संसदीय दलको विधान ०७७ को दफा १३ बमोजिम गत २० साउनमा प्रमुख सचेतकको जिम्मेवारी प्रदान गरेका हुन्। 

प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीसमेत भइसेकका श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनलाई हाल रिक्त रहेको संसदीय दलको सचेतक पदमा नियुक्त गरिएको हो। एमाले सांसद मदुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएसँगै सो पद रिक्त रहेको थियो।