मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री लेखकको दाबी– पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् ।

बिहीबार सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्यशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिमपूर्व सूचना प्राप्त गर्ने बताएका हुन् ।

‘नेपालमा पनि एकतिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचनाबाहिर छ,’ उनले भने, ‘२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिन्छ।’

उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एकतिहाइ जनसंख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्यांकमा रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए ।

‘संयुक्त राज्य संघले सन् २०२२ मा घोषणा गरेर २०२७ भित्र एकतिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको छ,’ उनले भने, ‘हामी अहिले त्यसको मार्गचित्र बनाउँदै छौँ, थोरै पछाडि परेका छौँ, अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चितता गर्छ।’

उनले अहिले पूर्वसूचना प्रणालीले मानवीय क्षति नभएको बताए । पूर्वसूचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको उनको भनाइ थियो । ‘जुन ठाउँमा हामीले पूर्वसूचना दिन सक्यौँ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानवीय क्षति भएको छैन,’ उनले भने, ‘जुन ठाउँमा पूर्वसूचना दिन सकेनौँ तुलनात्मक रूपमा कम वर्षा हुँदा पनि मानवीय क्षति भएको छ।’

उनले रसुवामा आएको बाढीबारे पूर्वजानकारी नहुँदा जनधनको क्षति भएको बताए । उनले गत वर्ष कञ्चनपुरमा ७७ वर्षयताकै सबैभन्दा ठुलो वर्षा हुँदा पनि पूर्वसूचना हुँदा मानवीय क्षति नभएको बताए ।