Skip This
छुट्टाछुट्टै घटनामा उदयपुरमा दुईजनाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
Invalid date format २o:२o:oo
Read Time : < 1 मिनेट
समाचार

छुट्टाछुट्टै घटनामा उदयपुरमा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२o:oo

उदयपुरमा फरक-फरक दुई घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरमा सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकामा एक-एक गरी दुईजनाको मृत्यु भएको हो।

दोङले त्रियुगा नगरपालिका–७, भान्टाबारीमा स्थानीय देव नविकको ११ वर्षीय छोरा दर्शन विकको बुधबार मृत्यु भएको बताए। उनले भने, ‘गत मंगलबार बिजुलीको बल्ब जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको थियो। उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।’ 
चौदण्डीगढी नगरपालिका–६, सुगारेमा झुक्किएर डिजेल सेवन गर्दा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ। डिएसपी दोङका अनुसार गत मंगलबार अन्तनारायण श्रेष्ठ अन्जानमा आफ्नै घरमा बोतलमा राखेको डिजेल सेवन गर्दा घाइते भएका थिए।

उनले भने, ‘त्यसपछि नगर अस्पताल चौदण्डीगढीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो।’ दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।