मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुढीगंगा र कर्णाली नदीका पुलको बजेट कटौतीमा सांसदको असन्तुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

सांसद शेरबहादुर कुँवरले कर्णाली करिडोर र सेती लोकमार्गसँग जोडिएका अछाममा पर्ने दुई पुलको बजेट कटौती भएको विषयमा सरकारलाई प्रश्न गरेका छन्।

गत आर्थिक वर्षमा बुढीगंगा नदी तथा तुर्माखाँद गाउँपालिका र तल्लो डुंगेश्वरस्थित कर्णाली नदीको मोटरेबल पुलका लागि डेढ–डेढ करोड बजेट परे  पनि अहिले कटौती भएको भन्दै उनले असन्तुष्टि जनाए।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद कुँवरले भने, ‘यी दुवै पुल कर्णाली करिडोर र सेती लोकमार्गसँग जोडिएका महत्त्वपूर्ण पुल हुन्। तर, यसपालिको बजेटमा कटाइएको छ। किन र के कारण कटाइयो सरकारसँग जवाफ चाहन्छु।’