मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 05 August, 2025
एजेन्सी उत्तराखण्ड (भारत)
Invalid date format २२:१८:oo
Read Time : < 1 मिनेट
विश्व

भारतको उत्तरकाशीमा ‘क्लाउड ब्रस्ट’बाट ठुलो क्षति, ५० भन्दा बढी बेपत्ता, चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, उत्तराखण्ड (भारत)
नयाँ पत्रिका
Invalid date format २२:१८:oo

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा मंगलबार ‘क्लाउड ब्रस्ट’ (बादल फुटेर भएको वर्षा)का कारण भएको भीषण वर्षापछि आएको बाढीले ठुलो जनधनको क्षति भएको छ। वर्षाका कारण उत्तरकाशीको हर्षिल क्षेत्रमा रहेको खिर गंगा गदेरा (गहिरो खाडल वा नाली) मा पानीको स्तर अचानक बढ्यो, जसले गर्दा धराली गाउँमा ठुलो क्षति भएको छ ।

उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले सञ्चारमाध्यमलाई बताएअनुसार अहिलेसम्म चारजनाको मृत्यु भएको र केही सम्पत्तिमा क्षति पुगेको रिपोर्ट गरिएको छ।
यसैबिच, एनडिआरएफका डिआइजी मोहसेन सहेदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार प्रारम्भिक जानकारीअनुसार घटनामा ४० देखि ५० घरहरू बगेका छन् र ५० भन्दा बढी मानिस बेपत्ता भएका छन्। धरालीका स्थानीयहरूले विनाशको मात्रा ठुलो भएको र यसले ठुलो जनधनको क्षति पुर्‍याएको दाबी गरेका छन्।

मुख्यमन्त्री पुष्करसिंह धाँमीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले आफू वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।

के भन्छन् प्रत्यक्षदर्शी– 
धराली गाउँकी आस्था पवारले घटना भयानक रहेको बताएकी छिन्। उनले भनेकी छिन्– अहिले म धरालीमा छु। मेरो घर सडकबाट अलि टाढा छ, त्यसैले यहाँबाट सबै कुरा देखिन्छ, तल कति क्षति भएको छ भनेर। यहाँबाट मेरो आँखाअगाडि धेरै होटेलहरू बगाएको देखेँ। सबै कुरा एकैचोटि बगाएको होइन। पहिलो छाल धेरै बलियो र भयानक थियो। तपाईंले भिडियोहरू हेर्नुभएको होला। त्यसपछि पनि, हरेक १०–१५ वा २० मिनेटमा फोहोराका छालहरू आइरहे। साना छालहरू आइरहेका छन्, तर तिनीहरूले होटेलहरूलाई पनि आफूसँगै लैजाँदै छन्।