
अखिल नेपाल महिला संघ नवलपुरले सरकारले ल्याउने तयारी गरिरहेको बहुविवाह गर्न पाउनेसम्बन्धी कानुन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापनपत्र बुझाएका छन्।
अखिल नेपाल महिला संघ नवलपुरकी अध्यक्ष कोपिला पौडेल नेतृत्वमा गएको टोलीले नवलपुरका प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेयमार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो। देशभर उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमार्फत कानुन मन्त्रालयमा ज्ञापनपत्र पठाएका छन्।
ज्ञापनपत्रमा अहिले ल्याउन लागेको कानुनी व्यवस्थाले महिला समानताको नाममा अमूक व्यक्तिहरूको अवाञ्छित इच्छा पूरा गर्ने देखिएको र महिलालाई सधैँ दासको रूपमा व्यवहार गर्न बाटो खुला हुने जनाएको छ।
सरकारले कुनै विवाहित पुरुषको कुनै महिलासँग कारणवश सम्बन्ध रही गर्भ रहे त्यसलाई स्वतः विवाहको मान्यता दिने कानुन ल्याउन खोजेको छ ।