
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार दिउँसो मुख्यमन्त्री नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्। उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री बानियाँले आजै एमालेका तर्फबाट ६ जना र कांग्रेसबाट पहिलो चरणमा दुईजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
एमालेबाट संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा किरण थापामगर, जयराम थापा, भरतबहादुर केसी, डा. दिनेशचन्द्र देवकोटा र विन्दु श्रेष्ठ मन्त्री बन्दै छ्न्। यस्तै कांग्रेसबाट शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बन्नेछन्। नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथग्रहण गर्ने कार्यक्रम छ।