
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको सात किलो आठ सय ग्राम सेतो हेरोइन बरामद भएको छ । लागुऔषध नियन्त्रण ब्युरोले दुई भारतीयलाई सो लागुऔषधसहित पक्राउ गरेको हो।
भारतीय नागरिक फिरोज अहमदलाई चार किलोेसहित १६ साउनमा क्रुनाल भेललाई तीन केजी आठ सय ग्रामसहित १८ साउनमा प्रहरीले विमानस्थलमा पक्राउ गरेको हो। बरामद लागुऔषधको अवैध बजार मूल्य करिब १६ करोड भएको ब्युरोले जनाएको छ । दुवैलाई विमानस्थलको अराइभल एरियाबाट पक्राउ गरिएको ब्युरोका डिएसपी जीवन निरौलाले बताए।