मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 05 August, 2025
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन र नगद लुकाएर चोरी भएको भनी झुटा निवेदन दिने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

सुन र नगद आफ्नै घरको कम्पाउन्डमा लुकाएर चोरी भएको भनी झुटा निवेदन दिने दुईजनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङ्जाको आँधीखोला गाउँपालिका–१ हिले बस्ने वर्ष ४१ की चन्द्रकुमारी गुरुङ र वर्ष ३८ का धनराज गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए।

चौधरीका अनुसार पक्राउ परेका दुईमध्ये चन्द्र कुमारीले १२ साउनमा बेलुकीको समयमा आफ्नो घरबाट ७.५ तोला सुनका गरगहनाहरू र चार हजार नगद चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन्।

अनुसन्धानका क्रममा चोरी भएको भनिएको सुनको गहना र नगद चन्द्रकुमारी र धनराजको मिलेमतोमा आफ्नै घरको कम्पाउन्डमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।

झुटा निवेदन दिएको खुलेपछि दुवैलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको चौधरीले जानकारी दिए।