मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १४ बुधबार o९:५५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादी नेता जनार्दन शर्माको प्रस्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o९:५५:oo

माओवादी उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने बताएका छन् ।

पार्टीबारे उठेका भ्रम र तथ्यहरूलाई गहिरो गरी बुझ्न आग्रह गर्दै उनले मंगलबार सामाजिक सञ्जालमार्फत चारबुँदे प्रस्टीकरण दिएका छन् । शर्माले दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिवेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेप्रति सचेत हुन आग्रह गरेका छन् ।

गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपश्चात् केन्द्रीय समिति बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डाकेन्द्रित बहस गर्नुपर्नेमा उनको जोड छ ।

जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने उनको दाबी छ । यस्तै, पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानबाट आर्जेको ऊर्जा तथा सरकारसँग दुईबुँदे सहमतिपश्चात् गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै बहसमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् ।