
घटना १ —सुनसरी रामधुनी–१ की सकुन्तला अधिकारीले १० वर्ष घरेलु कामदारको रुपमा काम गरे खाडी मुलक कुबेतबाट घर फर्किन । तर घर फर्र्केपछि उनले समाजिक पुनस्र्थापनामा निकै संघर्ष गर्नुपर्याे । विदेशबाट फर्केपछि घरपरिवार र समाजले हेर्ने नजरियाकै कारण उनले झण्डै मानसिक सन्तुलन नै गुमाउनुपरेको सुनाइन् ।
घटना २ —मोरङ केराबारी–१० की जीवनकुमारी राई पटकपटक बैदेशिक रोजगारमा गइन् । कमाई पनि ठिकै भयो । घरभित्र खासै समस्या नभए पनि समाजमा पुर्नस्थापित हुन उनले निक्कै चुनौतीको सामना गर्नुपर्यो । हाल उनी रिटर्नी महिला समूहमा आबद्ध भएर आफु जस्तै अरुका लागि समाजिक पुर्नस्थापनामा संघर्ष गरिररहेकी छिन् ।
माथि उल्लेखित केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढिरहदा यस्ता घटना हरेक टोलमा भइरहेका छन् । बैदेशिक रोजगारीबाट फर्केका सयौं महिलाले समाजिक पुर्नस्थापनामा निकै चुनौती झेल्नु परिरहेको छ । जसले गर्दा उनीहरू विक्षिप्त र मनोरोगी मात्र बन्ने गरेका छैनन विदेशमा सिकेको शीप र अनुभव समेत खेर गइरहेको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका महिलालाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा रिटर्नी महिलाहरू रिटर्नी सञ्जालमा जोडिएर आफ्ना अनुभव र संघर्ष साझा गर्न थालेका छन् । भुक्तभोगी रिटर्नी महिलाहरूका अनुसार बैदेशिक रोजगारमा गएर राम्रो कमाई गर्याे भने घरपरिवार र समाजमा पुर्नस्थापना सहज हुन्छ तर बिचमै फर्कनुपर्याे वा कुनै समस्या आए समाजिक पुर्नस्थापनामा निक्कै चुनौती झेल्नुपर्छ । सकुन्तला अधिकारी भन्छिन्, ‘मैले त झण्डै आत्महत्या गरेको थिएँ धन्न रिटर्नी महिला सञ्जालको परामर्शबाट एकीकरणमा जोडिन सफल भएँ र अहिले पनि समाजसँग जुधिरहेको छु ।’
रिटर्नी महिलाहरूका अनुसार बैदेशिक रोजगारबाट फर्र्केका महिलालाई समाजले अझै फरक दृष्टिकोणले हेर्ने गर्छ । विदेश जाने सबै महिला यौन शोषणमा परेका हुन्छन, मानसिक र शारीरिक रोग बोकेर आएका हुन्छन् भन्ने गलत धारणा व्याप्त छ । रिटर्नी महिला जीवनकुमारीका अनुसार धेरै कमाई हुने देशहरू अष्ट्रेलिया, अमेरिका, युके आदिमा गयो भने दृष्टिकोण पनि सकारात्मक हुन्छ । तर थोरै कमाइ हुने खाडी मुलुकहरू साउदी, कुबेत, मलेसिया आदि देशमा जानेहरूले फर्केपछि समाजिक पुर्नस्थापनामा धेरै सास्ती झेल्नु परिरहेको छ ।
सन् २०१४ मा केयर गिभर बनेर इजरायल पुगेर सन् २०१७ मा नेपाल फर्केकी जीवनकुमारीले पनि पहिले समाजिक पुनस्र्थापनामा धेरै समस्या झेल्नुपर्याे । तर उनले हिम्मत हरिनन र रिटर्नी महिला सञ्जालमा आबद्ध भएर आफु जस्तै महिलालाई समाजिक पुनर्थापनमा सहयोग गर्न मात्र थालेकी छैनन आफै केही गर्छु भनेर किराना पसल समेत चलाएकी छिन् । जीवनकुमारी भन्छिन्, ‘रिटर्नी महिलाहरूलाई समाजिक पुनस्र्थापना गराउन संघ, प्रदेश सरकारदेखि पालिकाहरूले समेत आवश्यक परामर्श गराएर उनीहरूले सिकेको शीप उपयोग गर्न र नयाँ शीप प्रदान गरेर रोजगारीमा सहयोग गर्नुपर्छ ।,’ उनका अनुसार समाजले सहयोग नगर्दा धेरैजना दीर्घरोगी बनिरहेका छन् ।
शीप प्रमाणीकरण र मनोवैज्ञानिक परामर्श आवश्यक छ : समाजशास्त्री
समाजशास्त्री डा. चन्द्र उपाध्याय बैदेशिक रोजगारीबाट फर्केका महिलाको समाजिक पुनस्र्थापनामा अझै समस्या रहेको स्वीकार गर्छन । यो समस्या समाधानका लागि सबै तहका सरकारले उनीहरूले सिकेको शीप प्रमाणीकरण गराउने र मनोवैज्ञानिक परामर्श प्रदान गर्न सके सकारात्मक सोच विकास हुने बताउँछन् । बैदेशिक रोजगारले समाजमा नयाँ वर्ग उठान गरेकोले पनि रिटर्नी महिलाका लागि समाजिक एकीकरणको समस्या जटिल भैरहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘असफल रिटर्नी महिलाहरू मात्र नभएर सफल भएकामा समेत श्रीमान श्रीमतीदेखि सासुससुरामा समेत झगडा सुरु गराएको छ । यसैले उनीहरूलाई पहिला शीप सिकाएर मात्र पठाउनु पर्ने, फर्केकाहरूको शीप र अनुभव सरकारले ग्रहण गरेर प्रयोगमा ल्याउनुपने उनको धारणा छ । विदेशमा कमाएको धन, शीप अनुभवलाई सरकारले ग्रहण गर्न सकेमात्र समाज चाँडै सकारात्मक बन्दै जाने उनको भनाइ छ ।
सामी र रेमी परियोजना सञ्चालनमा छन् : कोशी सरकार
कोशी प्रदेश समाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अनुसार कोशीका १० पालिकामा बैदेशिक रोजगारीमा जानेहरूका लागि सामी र फर्केकाहरूका लागि रेमी परियोजना सञ्चालन छ । प्रदेश सरकारले श्रम तथा रोजगार नीति बनाएर परियोजना लागु भएका जिल्लाहरूमा एकजना रोजगार अधिकृतसहित तीनजना परिचालक गरिरहेको छ । जसले रिटर्नी महिला र पुरुषहरूलाई सञ्जालमा आवद्ध गराएर संस्था दर्ता गराई आावश्यक परामर्श र तालिमहरू प्रदान गर्ने काम भैरहेको छ ।
रेमी परियोजना कोशी प्रदेशकी व्यावस्थापक सपना थापाका अनुसार रिटर्नी महिलाका लागि प्रदेशका चार गाउपालिका र ६ नगरपालिकामा स्वीस विकास संस्था र हेल्भेटास नेपालको सहयोगमा परियोजना सञ्चालन भैरहेको छ । जसले फर्केका महिलालाई समूहमा आवद्ध गराएर पुनस्र्थापनाका लागि सहजिकरण गर्नेगर्छ । हाल रेमी परियोजना अन्तर्गत फर्केकाहरूको डाटा संकलन गर्ने र उनीहरूको समस्या पहिचान गर्नै काम भैरहेको छ ।
रेमी परियोजनाका अनुसार हाल कोशीका १० पालिकामा १३ सय रिटर्नीहरु समूहमा आवद्ध भैसकेका छन् । पहिचान भएकामध्ये ४० प्रतिशतमा विभिन्न मानसिक र शारीरिक समस्या फेला परेका छन् । तर फर्केकाहरू सबैले पहिचान नखुलाउने, शीप पनि नमाग्ने र परामर्श पनि लिने गरेका छैनन । जसले अझै समाजिक पुर्नस्थापना चुनौती बनिरहेको छ ।
स्थानीय सरकार मानविय विकासमा उदासिन : श्रम सल्लाकार
कोशी प्रदेश श्रम सल्लाहकार परिषद्का उपाध्यक्ष राजिव घिमिरे सबै तहका सरकारले भौतिक विकासमा मात्र जोड दिइरहेको तर मानविय विकासमा चासो नदिँदा अझै बैदेशिक रोजगारबाट फर्केका रिटर्नी महिलाहरूले समाजिक पुनस्र्थानमा चुनौती झेल्नु परिरहेको बताउँछन् । उपाध्यक्ष घिमिरे भन्छन्, ‘पालिकाहरू समेत मानविय विकासमा उदासिन छन् । रिटर्नीहरूलाई संगठित गरेर शीप र अनुभव परीक्षण गराएर उत्पादनतर्फ चासो नै पुगेको छैन् ।’
कोशी प्रदेश समाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुँयाल प्रदेशमा श्रम र रोजगारी समस्यालाई सहज बनाउन सरकारको नेतृत्वमा श्रम परिषद निर्माण गरेर काम गरिरहेको बताउँछन् । उनका अनुसार मानव शंसाधन विकासका महत्वपूर्ण पाँचवटा क्षेत्रको जिम्मेवारी भए पनि समाजिक मन्त्रालयको १४ जिल्लामा कतै पनि आफ्नो संरचना छैन । सञ्चालन भएका कार्यक्रमहरू पनि सबै पालिकामा निर्भर छन् । निमित्त सचिव फुँँयाल भन्छन्, ‘आफनै संरचना भएको भए बैदेशिक रोजगारीमा जाने र फर्केकाहरूको हकमा अझै धेरै प्रगती गर्न सकिने थियो ।’
समाजिक पुर्नस्थापना ज्योतिषकै भरमा
नेपाल ज्योतिष संघ कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला बैदेशिक रोजगारमा गएर फर्केका रिटर्नी महिलाहरूलाई घर परिवार र समाजमा पुनस्र्थापना गराउन ज्योतिषहरूले उल्लेख्य भुमिका खेलिरहेको बताउँछन् । उनका अनुसार बैदेशिक रोजगारमा जाँदा मात्र नभएर फर्केर आएपछि पनि रिटर्नीहरू चिना हेराएर पेशा र घरपरिवारको सुरक्षाबारे ढुक्क हुने गरेका छन् ।
ज्योतिष निरौलाका अनुसार समस्यामा परेर आएका रिटर्नी महिला र पुरुषहरूलाई क्रमशः उचित सल्लाह दिएर ज्योतिषहरूले समाजिक पुनस्र्थापनामा सघाउने गरेका छन् । ज्योतिष निरौलाका अनुसार फर्केर आएका प्रायः महिला पहिले हाम्रोमा चीना लिएर आउँछन् र घर हुन्छ की हुँदैन भनेर सोध्ने गर्छन् । उनीहरूलाई ज्योतिषहरूले क्रमशः मनोवैज्ञानिक परामर्श गरेर पटकपटक बोलाएर समाजिक पुर्नस्थापनामा सघाउने गरेका छन् । उनका अनुसार रिटर्नी महिलालाई समाजिक पुनस्र्थापना गराउन ५ देखि ६ महिनासम्म लाग्ने गरेको छ ।
उनी भन्छन् ‘हाम्रो परामर्शकै कारण धेरै रिटर्नी महिलाको सम्बन्ध विच्छेद हुनबाट जोगिएका छन् ।’ कोशीमा हामी चार हजार जति ज्योतिष रहेको र यदि सरकारले प्रशिक्षण दिएर परिचालन गर्ने हो भने रिटर्नी महिलाको समाजिक पुनस्र्थापनामा धेरै सहयोग पुग्न उनको भनाइ छ । उनी दावी गर्छन–हामी ज्योतिषहरू निःशुल्क परामर्शदाता हौ । ५० प्रतिशत रिटर्नीको घरपरिवार जोगाएका छौ ।