मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ७ बुधबार १७:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामसङको ग्यालेक्सी एम३६ फाइभ जी नेपाली बजारमा सार्वजनिक, यस्ताे छ फिचर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १७:३३:oo

सामसङले ग्यालेक्सी एम सिरिजमा नयाँ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक गरेकाे छ। यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सेरेन ग्रिन रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।

गुगलसँगको सर्कल टु सर्च र जेमिनाइ लाइभजस्ता फिचरहरूमार्फतग्यालेक्सी एम३६ फाइभजीले तस्बिर चिन्ने, एआइ असिस्टेन्टसँग लाइभ कुराकानी गर्ने जस्ता सबै काम सहज बनाउने कम्पनीले जनाएको छ।

७.७ एमएम पातलो यो फोनमा ६.७ इन्चको फूल एचडी र सुपर एमोलेड स्लिम बेजल डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र भिजन बुस्टर टेक्नोलोजि छ। ५० एमपी ओआइएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। ग्यालेक्सी एम३६ मा अटोनाइट मुड र नाइटोग्राफि फिचरहरू छन्।

अगाडि र पछाडि दुवै क्यामेरामा फोके भिडियो रेकर्डिङ तथा फोटो रिमास्टर र अब्जेक्ट इरेजरजस्ता एडिट टुलहरू पनि उपलब्ध छन्। एक्सीनोस १३८० (५ नानोमिटर) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ भने भेपर कुलिङ च्याम्बरले ओभरहीट हुन दिँदैन। यो फोनमा ५००० एमएएच ब्याट्री र २५ वाट फास्ट चार्जिङ प्रविधि छ।

वान युआई ७ मा चल्ने यो फोनमा कम्पनीले ६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेशनसम्मको एन्ड्रोइड अपग्रेड ग्यारेन्टी दिएको छ।

ग्यालेक्सी एम३६ जुलाई २४ देखि नेपालभरका सबै सामसङ रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ। ८+१२८ जिबी भेरियन्टमा यसमो मूल्य ३६,९९९ रुपैयाँ र ८+२५६ जिबी भेरियन्टको मूल्य ४१,९९९ रुपैयाँ तोकिएको छ।