मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वदेशमै रोजगारीका अवसर सिर्जना सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

प्रधानमन्त्री केपी ओलीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वदेशमै रोक्नु सरकारको प्राथमिकता रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा माओवादी सांसद माधव सापकोटाको प्रश्नमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

आर्थिक वर्ष ०८१/८२ मा एक लाख २० हजार ८८८ विद्यार्थीले एनओसी लिएको र आठ लाख ३० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको उल्लेख गर्दै युवालाई स्वदेशमै रोक्ने योजनाबारे जिज्ञासा राखेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वदेशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुँजी, सिप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नु हो।’

उद्यमशीलता विकासका लक्ष्यले सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको प्रधानमन्त्रीले संसदमा जानकारी गराए। कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा ठुलो लगानी भइरहेकाले यी क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको उनको भनाइ छ।

उनले भने, ‘वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ।’ साथै जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका कार्य भइरहेको प्रधानमन्त्रीले जानकारी दिए।