मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
Invalid date format २१:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सात लाख ३१ हजार घुस रकमसहित वन अधिकृत यादव पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२६:oo

कैलालीमा एकजना वन अधिकृत घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुस रकमसहित सोमबार पक्राउ गरेको हो।

उनलाई सात लाख ३१ हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीको लागि घुस लिएका हुन्।

उक्त कार्यका लागि सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा यादवलाई डिभिजन वन कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।