मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
Invalid date format २o:४२:oo
Read Time : < 1 मिनेट
समाचार

कास्की कारागारको चौकीदार नियुक्तिमा आर्थिक चलखेल भएको आरोप

विरोधस्वरुप कैदीबन्दीले पठाए गृहमन्त्रीलाई पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४२:oo

कास्की कारागारको चौकीदार नियुक्तिमा विवाद भएको छ। कारागारको ‘क’ ब्लकका कैदीबन्दीहरू चौकीदार नियुक्तिको विषयमा आइतबार साँझदेखि नाराबाजीमा उत्रिएका हुन् । उनीहरू आर्थिक चलखेल गरेर चौकीदार नियुक्त भएको भन्दै विरोध एवं नाराबाजीमा उत्रिएका हुन् । 

उनीहरूले सोमबार गृहमन्त्रीलाई पत्र पठाएर चौकीदार नियुक्ति खारेज गरी आफूहरूले भनेको चौकीदार नियुक्त गर्न माग राखेका छन् । कैदीबन्दीको माग पूरा नभएसम्म अनिश्चित कालीन सिदा बहिष्कार, आमरण अनशनलगायतका आन्दोलनका कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् । कारागार कार्यालय ‘क’ ब्लकमा रहेका सम्पूर्ण कैदीबन्दीको नामबाट गृहमन्त्रीलाई सोमबार पत्र पठाइएको हो।

कारागार व्यवस्थापन विभागबाट आइतबार आएको पत्रअनुसार ‘क’ ब्लकका लागि आर्थिक वर्ष ०८२-८३ का लागि अजय गुरुङ चौकीदारको रूपमा छनोट भएका छन् । ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले त्यसलाई अस्वीकार गर्दै छनोट प्रक्रियामा प्रतिस्पर्धामा रहेका प्रकाश गुरुङलाई चौकीदार नियुक्त गर्न माग गरेका हुन् । ‘क’ ब्लकमा रहेका ३६६ कैदीबन्दीमध्ये ३६२ जनाले हस्ताक्षर गरी गृहमन्त्रीलाई पठाएका छन् ।

विभागबाट नियुक्त अजयले ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूको हकहित तथा सुरक्षा गर्न नसक्ने, निजको कार्यशैली निरंकुश तथा पक्षपातपूर्ण रहेको, उनी चौकीदारको भूमिकामा रहँदा कैदीबन्दीहरूको आर्थिक शोषण, कारागारभित्र हुनुपर्ने सुशासन कायम नरहने पत्रमा उल्लेख छ । 

विभागले कैदीबन्दीको मनोभावना नबुझी आर्थिक चलखेलका आधारमा चौकीदार नियुक्त गरेको उनीहरूको आरोप छ । 

गृहमन्त्रीलाई पठाएको पत्रको बोधार्थ कैदीबन्दीहरूले कारागार कार्यालय– कास्की, जिल्ला प्रशासन कार्यालय– कास्की, जिल्ला प्रहरी कार्यालय– कास्की, नेपाल पत्रकार महासंघ– कास्की, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय– कास्की, मानव अधिकार तथा शान्ति समाजको कार्यालय– काठमाडाैं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय– कास्की र गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयलाई दिएका छन्।