
सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले चलचित्र विकास बोर्डलाई एकैपटक आफ्ना ६० भन्दा बढी चलचित्रका पटकथा (स्क्रिप्ट) हस्तान्तरण गरेका छन्। सोमबार चलचित्र विकास बोर्डको कार्यालयमै पुगेर निर्देशक प्रधानले पटकथा हस्तान्तरण गरेका हुन्।
उक्त अवसरमा बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक प्रधानको योगदानलाई नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार भनेर सम्मान गरेका थिए। उनले भने, ‘पटकथा नै चलचित्रको आत्मा हो। यी स्क्रिप्टहरू संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीहरूका लागि प्रेरणा र शोधको स्रोत बनेको छ।’
हस्तान्तरित प्रमुख चलचित्रहरू:
–छक्का पञ्जा शृंखला (छक्का पञ्जा, छक्का पञ्जा ३)
–‘कबड्डी शृंखला (कबड्डी, कबड्डी २, कबड्डी ३)
–लुट शृंखला (लुट, लुट २)
–नाई नभन्नु ल शृंखला (नाई नभन्नु ल २, नाई नभन्नु ल ४, नाई नभन्नु ल ५)
–लप्पन छप्पन शृंखला (लप्पन छप्पन, लप्पन छप्पन २)
अन्य चर्चित चलचित्रहरू
दासढुंगा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, मायाज् वार कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, , थ्रि लभर, कमला, सिग्नेचर, जय होस्, ऐँचो–पैँचो, छ एकान छ, द विनर , मेरी मञ्जु, महाजात्रा, लक्का जवान, मेरो एउटा साथी छ, आई एम सरी, रातो टिका निधारमा, चपली हाइट ३, इकु, कान्छी, कार्साङलगायत चलचित्रकाका साथै, लघुचलचित्रहरू सहकारी, जुनेली र अन्तर्राष्ट्रिय पुरस्कार विजेता क्वीनस् अवार्ड विनिगं इन सिनेमाटोग्राफी को स्क्रिप्ट पनि हस्तान्तरण गरेका छन्।
पुरुषोत्तम प्रधान नेपाली चलचित्र उद्योगमा ३० वर्षदेखि सक्रिय छन्। उनी विजिलान्ते (नेपालको पहिलो पूर्ण थ्रिडी चलचित्र) जस्ता चर्चित चलचित्रहरूका सिनेमाटोग्राफर हुन् भने हाल निर्माता, निर्देशक र प्रविधिक विशेषज्ञको रूपमा पनि सक्रिय छन्।