मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Friday, 25 July, 2025
नयाँ पत्रिका सङ्खुवासभा
२o८२ श्रावण ५ सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सङ्खुवासभा
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १४:oo:oo

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

चिचिला गाउँपालिका- ३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका- २ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।