मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २ शुक्रबार १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोल र लागुऔषधसहित सुर्खेतबाट दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार १४:१७:oo

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ८ बाट पेस्तोल र नियन्त्रित लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।

चाइनिज पेस्तोल एक थान, म्याग्जिन दुई थान, गोली १२ राउन्ड, जरायोको सिङ एक थान तथा नियन्त्रित लागुऔषध ट्रामाडोल ८६० ट्याब्लेट र नाइट्राजेपाम चार सय ट्याब्लेटसहित प्रहरीले दुईजनालाई बिहीबार राति पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विधानको घर तलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको हो।