
संस्कृति इन्टरनेसनल स्कुलको १४ वर्षमुनिको टोली डेनमार्कको डाना कप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ ।
आगामी २१ देखि २६ जुलाईसम्म डेनमार्कको ह्योरिङ सहरमा आयोजना हुने विश्वप्रसिद्ध डाना कप सेभेन ए साइडमा संस्कृति स्कुलका युवा खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
डाना कपमा ४५ भन्दा बढी देशका एक हजार एक सय टोलीले भाग लिनेछन् । संस्कृति टोलीलाई औरियम स्पोर्टस् एकेडेमीले प्रशिक्षण र नेतृत्व गरिरहेको छ ।