मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format १o:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारत तस्करी गर्न राखेको ७१६ किलो तयारी गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४९:oo

सिराहा प्रहरीले भारत तस्करी गर्न प्याकिङ गरेर राखिएको अवैध लागुऔषध गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको संयुक्त टोलीले ७१६ किलोग्राम अवैध गाँजा बरामद गरेको हो। सिराहाको सुखीपुर नगरपालिका– ४ पोखरियाका ६० वर्षीय मेदी यादवको घरमा लुकाएर राखेको लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताएका छन्।

प्रहरी चौकी सिलौर्वापछवारीबाट प्रसनि नन्दु राउत कम्करको कमान्डमा चारजना र सशस्त्र प्रहरी बेस क्याम्प सुखीपुरबाट सप्रनानि अनिलकुमार यादवको नेतृत्वमा चारजना गरी आठजनाको संयुक्त टोलीले मेदी यादवको घरभित्र लुकाएर राखेको तयारी अवस्थाको २६ पोका र थप अनुसन्धान तथा मुचुल्काका लागि जिप्रका सिराहाबाट पुगेका प्रहरी निरीक्षक राज यादवको कमान्डमा रहेको प्रहरी टोलीले थप एक पोका गरी २७ पोका लागुऔषध गाँजा बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी पासवानले बताए।

गाँंजा बरामद भएको घरधनी मेदी यादव फरार रहेकाले खोजतलास भइरहेको डिएसपी पासवानले बताए । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय ल्याएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजाको बजारमूल्य ३० लाखभन्दा बढी रहेको छ ।