मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format o९:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१६:oo

बारा–पर्सा औद्योगिक करिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । 

उक्त इन्डस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि  भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो । ‘करिब रु. एक करोडबराबरको गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ,’ लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उनले भने। 

जितपुर–सिमरा उपमहानगर– २३ मा रहेको उक्त उद्योगले एक सयजनालाई रोजगारी दिएको छ। उद्योगको  वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ । उद्योगका अनुसार प्रतिवर्गमिटर रु. नाै सयदेखि चार हजारसम्मका गलैँचा उत्पादन हुने गरेको छ। विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको उद्योगमा रु. ४० करोड लगानी भएको छ । 

यसैबिच, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताए।