मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १७:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रौतहटमा ट्रक रोकेर लुटपाट, चारजना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

रौतहटको चन्द्रपुर नगरपालिका– ४ मा मिनी ट्रक रोकी चालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। बाराबाट रौतहटतर्फ जाँदै गरेको मिनी ट्रकलाई मध्य जंगलमा रहेको लम्हा पुलनजिकै लुटपाट गरी फरार रहेका अन्य व्यक्तिहरूको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार घटना गत असार २८ गते बिहान साढे २ बजेतिरको हो। निजगढ नगरपालिका– ५ का किरण नेपालले चलाएको ना. ०८ ख. १०१३ नम्बरको मिनी ट्रकमा एक समूहले ढुंगा प्रहार गरेर रोकेको थियो। ‘मोटरसाइकलमा आएका करिब ६–७ जनाको समूहले ट्रकमाथि ढुंगा प्रहार गरी चालकलाई त्रास देखाई नगद लुटपाट गरेका थिए,’ डिएसपी रायले भने, ‘उनीहरू घटनापछि फरार भए पनि प्रयोग गरिएको मोटरसाइकल घटनास्थलमै छाडिएको अवस्थामा फेला परेको थियो।’

घटनास्थलमा फेला परेको बा ७४ प १४९० नम्बरको पल्सर मोटरसाइकल बारा निजगढ नगरपालिका– ४ बस्ने २५ वर्षीय अमर अधिकारीको भएको खुलेपछि अनुसन्धानले तीव्रता पाएको थियो। प्रहरीका अनुसार अमर अधिकारीसहितको समूहले ट्रकमा आक्रमण गरी लुटपाट गरेको पुष्टि भएको छ।

लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल घटनास्थलमै छाडी फरार भएका उनीहरूको बारेमा अनुसन्धान गर्दा मोटरसाइकल निजगढ–४ बस्ने २५ वर्षीय अमर अधिकारीको रहेको र उनीसहितको समूहले लुटपाट गरेको खुलेको रायले बताए।

यस्तै, प्रहरीले निजगढ नगरपालिका– ४ पुरानो टोल बस्ने लोकबहादुर सापकोटाका छोरा ३२ वर्षीय अरूण सापकोटा, सोही स्थान बस्ने मोहनबहादुर अधिकारीका छोरा २४ वर्षीय अमरबहादुर अधिकारी र मानबहादुर कुश्वारका छोरा २८ वर्षीय कृष्ण कुश्वारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू सबैजना बाराको निजगढ– ४ पुरानो टोलका स्थायी बासिन्दा हुन्। उनीहरूलाई सोही दिन साँझ करिब ५ बजे टोलमा घुमफिर गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरी नायब उपरीक्षक रायले भने, ‘अन्य फरार व्यक्तिहरूको पहिचान खुलाउने र पक्राउ गर्ने काममा प्रहरी सक्रिय छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको छ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो घटना नियोजित र योजनाबद्ध रहेको देखिएको छ।