मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
समाचार

मधेश प्रदेश सभाको चालू अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

मधेश प्रदेश सभाको चालू पाँचौँ अधिवेशन अन्त्य गरिएको छ।

मधेश प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अधिवेशन अन्त्य गर्न सिफारिस भएबमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजै  राति १२ बजेबाट अधिवेशन समाप्त हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चालू अधिवेशन अन्त्य गरेकी हुन्। यो निर्णय प्रदेश सभा कार्य सञ्चालन नियमावली, ०७५ को नियम ३ को उपनियम (४) बमोजिम भएको हो।

प्रदेश सभा सचिवालयका सचिव बाबुप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी गराएका छन् ।