मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किताबखानाका अधिकृत प्रसाईं र बिचौलियाले घुस लिएको ठहर, कार्यालय सहयोगीलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o५:oo

विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुईजनालाई दोषी ठहर गरेको छ भने प्रतिकूल बकपत्र गर्ने एकजना र एक कार्यालय सहयोगीलाई सफाइ दिएको छ। बुधबार विशेषले पाँच महिनाअघि दायर मुद्दामा यस्तो फैसला गरेको हो।

राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंले पेन्सनपट्टा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिरहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो। जसपछि आयोगको टोलीले प्रसाईंलाई ३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा प्रसाईंका साथै कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलेमतोमा सेवाग्राहीको पेन्सनपट्टा बनाइदिन विभिन्न बहानामा घुस माग गरेको खुलेको थियो। जसपछि गत २० माघमा तीनैजनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला भएको हो।

विशेषका अनुसार प्रसाईं र न्यौपाने घुस मुद्दामा दोषी ठहर भएका छन्। उनीहरूलाई बिगोको दामासाहीले हुन आउने रकम १ लाख ५० हजार रुपैयाँ जनही जरिवाना हुने भएको छ भने उति नै रकम जरिवानाबापत पनि तिराउने फैसला भएको छ।

साथै, दुवैजनालाई ६-६ महिना कैद सजाय सुनाइएको विशेषका अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए। दुवै प्रतिवादीबाट अपराधपीडित संरक्षण कोषमा जनही ६ हजार रुपैयाँ भराउन आदेश भएको छ। विशेषका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो।

कार्यालय सहयोगी अधिकारीले भने सफाइ पाएकी छिन्। उजुरकर्ताले उनको नाम उल्लेख नगरेको, पेन्सनपट्टा बनाउने कार्य उनको ओहदाको नभएको तथा भिडियोमा समेत उनले रिसवत माग गरेको नदेखिएको आधारमा उनलाई सफाइ दिइएको हो।

यसै मुद्दामा प्रतिकूल बकपत्र गरेको भनी अख्तियारले भोजराज भट्टराईलाई पनि प्रतिवादी बनाई गत १९ चैतमा मुद्दा दायर गरेको थियो। तीन लाख बिगो कायम गरी मुद्दा चलाइएकोमा उनले पनि सफाइ पाएका हुन्।