
कञ्चनपुर जिल्ला अदालतले पछिल्ला वर्षहरूमा मुद्दा फर्स्योटमा वृद्धि गरेको छ । विगतका वर्षहरूकोे तुलनामा अदालतले कामकाज तीव्रता ल्याउँदै मुद्दा फर्स्योटमा वृद्धि गरेको होे ।
अदालतको चार वर्षको तथ्यांकअनुसार वर्षेनी मुद्दा फर्स्योट दर बढिरहेको छ । आर्थिक वर्ष ०७८/०७९ मा एक हजार आठ मुद्दामध्ये आधाभन्दा कम सात सय १० मात्रै फर्स्योट भएका थिए भने आठ सय ९८ मुद्दा बाँकी थिए । ४४.१५ प्रतिशत मात्रै मुद्दा फर्स्योट भएका थिए ।
आर्थिक वर्ष ०७९/८० मा दुई हजार १५ मुद्दामध्ये आधा मात्रै एक हजार ५० फर्स्योट भई नौ सय ६५ बाँकी थिए । सो वर्ष ५२.१० प्रतिशत मुद्दा फर्स्योट भएका थिए ।
आर्थिक वर्ष ०८०/८१ मा दुई हजार दुई सय २९ मध्ये एक हजार दुई सय मात्रै फर्स्योट भएका छन् । एक हजार २९ बाँकी रहे । उक्त वर्ष ५३.८३ प्रतिशत मुद्दा फर्स्योट भएको थियो ।
चालू आर्थिक वर्ष ०८१/८२ मा दुई हजार तीन सय ५० मुद्दामध्ये एक हजार ६ सय ४५ मुद्दा फर्स्योट र सात सय पाँच मुद्दा बाँकी छन् । चालू आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फर्स्योट भएका छन् । चालू वर्षमा एक हजार २९ मुद्दा जिम्मेबारी सरी आएका र एक हजार तीन सय २१ नयाँ दर्ता भएका थिए ।
कञ्चनपुर जिल्ला अदालतले फैसला कार्यान्वयनतर्फ कैद, जरिवाना र निवेदनतर्फ क्रमशः ४०, २० र ७३ प्रतिशत फस्र्योट गरेको छ । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीले कार्य विभाजन गरेर मुद्दा फस्र्योट फाष्ट ट्रयाकबाट फैसला गर्दा चालु बर्षमा मुद्दा फर्स्योट दर बढेको बताए ।