
सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने ४० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा सोमबार चार सय रुपैयाँले वृद्धि भई एक लाख ९३ हजार तीन सय कायम भएको थियाे ।
आजका निम्ति पनि त्यति नै मूल्य निर्धारण भएको छ । यसैगरी, एक तोला चाँदीको मूल्य दुई हजार २७५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको छ।