मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१३:oo
Read Time : < 1 मिनेट
समाचार

बिमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा, छानबिन गर्न न्यायिक समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१३:oo

नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको कार्यसम्पादनबारे छानबिन गर्न समिति गठन गरेसँगै ओझा स्वतः निलम्बनमा परेका छन्। मन्त्रिपरिषद्ले उनीउपर छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। 

गत १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयको भोलिपल्ट १३ फागुनमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उनलाई प्राधिकरण अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ गराएका थिए। 

तर, नियुक्ति विवाद भएपछि ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो। अख्तियारले छानबिन गर्दा सिफारिस समितिमाथि पनि कारबाही हुन सक्ने भएपछि सरकारले न्यायिक छानबिन समिति गठन गरेको हो। समितिमा पूर्वसहसचिव जीवनप्रकाश सिटौला र बिमा समितिमा दुईपटकसम्म बोर्ड सदस्य भएका कपिलदेव ओली सदस्य छन्।