
सिटी एक्सप्रेस मनी ट्रान्सफर २७ असारदेखि स्थापनाको १८औँ वर्ष पार गरी १९औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खुला रक्तदान कार्यक्रम गरेको हो ।
त्यसैगरी कम्पनीले वर्षका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरेको थियो । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर तथा चर्चित हास्यकलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।
सिटी एक्सप्रेसले १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै मात्रै कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवासमेत सुरु गरेको छ ।