मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
प्रकाश पौडेल बर्दिया
२o८२ असार ३० सोमबार o९:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडक दुर्घटनामा पत्रकार महासंघका पूर्वउपाध्यक्ष बस्यालको निधन 

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
२o८२ असार ३० सोमबार o९:o९:oo

बर्दियामा भएको सडक दुर्घटनामा नेपाल पत्रकार महासंघका  पूर्वकेन्द्रीय उपाध्यक्ष  कृष्णप्रसाद बस्याल (राकेश)को मृत्यु भएको छ । मधुवन नगरपालिका, ८ लालसिंह चोकमा भएको मोटरसाइकल दुर्घटना परी घाइते भएका ५७ वर्षीय बस्यालको उपचारको क्रममा मृत्यु भएको हो । 

आइतबार साँझ करिब ८ बजेको समयमा ढोढरीबाट गुलरिया आउने क्रममा  ४२ वर्षीय विष्णु पौडेलले चलाएको मोटरसाइकलले  बारबर्दिया नगरपालिका, ४ का प्रदीप थारूले चलाएको साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल र साइकल एक–आपसमा ठोक्किँदा  मोटरसाइकल चालक पौडेलको  दुवै खुट्टा र दाँया हातमा चोट लागेको थियो भने साइकलचालक थारूलाई सामान्य चोट लागेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

मोटरसाइकलको पछाडि बसेका बस्यालको दुवै खुट्टा र हात तथा टाउकोमा चोट लागेको थियो । दुर्घटना परी गम्भीर घाइते भएको बस्याललाई तत्काल उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बस्याललाई नेपालगन्ज नर्सिङहोममा लगिएको थियो । उपचारको क्रममा राति ११ बजे बस्यालको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधीरकुमार  खड्काले बताए । मोटरसाइकलचालक पौडेल र साइकलचालक चौधरीको अवस्था सामान्य रहेको छ ।