मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन आयोग पुग्यो राप्रपाको विवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४३:oo

 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत र सगुन लावतीलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरेपछि चुलिएको विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।

गत ४ चैतमा राजसंस्था पुनस्र्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ संयोजक भएपछि ८६ वर्षीय नवराज सुवेदीले राप्रपाको साधारण सदस्य पनि परित्याग गरेको सार्वजनिक घोषणा गरेका थिए । त्यसपछि राप्रपा अध्यक्ष लिङ्देनले कार्कीलाई अनुशासन समितिको अध्यक्षमा मनोनीत गरेका थिए । सो निर्णयविरुद्ध सुवेदी दलबलसहित आइतबार निर्वाचन आयोग पुगेका हुन् । सुवेदीले आफूलाई राप्रपा अनुशासन समिति अध्यक्षमा पुनर्बहाली गरिनुपर्ने माग गरेका छन् ।

‘म पार्टीको अनुशासन समितिको वैधानिक अध्यक्ष रहेको, विधानले तोकेको पदावधि र कार्यकाल बाँकी नै रहेको र म स्वयंले पार्टीको विधानविपरीतको कुनै कार्य नगरी पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधानअनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्था हुँदा मलाई अनुशासन समितिको अध्यक्षबाट हटाउने, मेरो स्थानमा अर्को व्यक्तिलाई तोक्नेसमेतका काम–कारबाही निर्णय पार्टीको विधानविपरीत रहेकाले यस सम्बन्धमा पार्टीका जिम्मेवार पदाधिकारी एवं पार्टी केन्द्रीय समितिका अध्यक्षज्यूबाट तत्काल लिखित प्रतिक्रिया लिई विधानविपरीत हटाउने र पदपूर्ति गर्नेलगायत काम–कारबाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु,’ सुवेदीले आयोगमा दिएको निवेदनमा उल्लेख छ ।