मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:१५:oo
Read Time : < 1 मिनेट
समाचार

घुसकाण्डमा मुछिएका सामान्य प्रशासनमन्त्रीमाथि प्रश्नैप्रश्न : प्रधानमन्त्री मौन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:१५:oo

७८ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामानय प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानबिनका लागि सांसदहरूले आवाज उठाएका छन् । आइतबारको संसद् बैठकमा बोल्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी तथा राप्रपाका सांसदहरूले छानबिनको माग गर्दै यस विषयमा प्रधानमन्त्री केपी ओलीको समेत जवाफ मागेका छन् । 

तर, यति गम्भीर विषयमा प्रधानमन्त्री ओली भने मौन देखिएका छन् । यससम्बन्धी विवरण सार्वजनिक भएको तीन दिन हुँदा पनि उनले मन्त्री गुप्तासँग स्पष्टीकरणसमेत सोधेका छैनन्। 

एक विवादित जग्गा मिलाउनका लागि कास्की मालपोतमा अनुकूलका कर्मचारी लैजान ५३ लाख घुसको डिल भएको  र भूमि आयोगको अध्यक्षका लागि २५ लाखको डिल भएको अडियो सार्वजनिक भएको छ । केही रकम मन्त्री निवासमै लगेर दिइएको विषयमा फोटोसहित विवरणहरू सार्वजनिक भइसकेका छन्। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलेदेखि नै अनुसन्धान गरिरहेको छ । 

आइतबार संसदमा माओवादी केन्द्रका दुर्गा राई, ज्ञानु बस्नेत, रास्वपाकी सुमना श्रेष्ठ तथा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलगायतले यस विषयमा छानबिनको माग गरेका हुन् । 
भ्रष्टाचारविरुद्ध चर्का कुरा गर्ने प्रधानमन्त्रीको व्यवहारमाथि समेत सांसदहरूले प्रश्न उठाएका छन्।