मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

झापास्थित २३ बिघा जग्गाको मुद्दामा आयल निगमको पक्षमा फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१६:oo

झापाको मेचीनगर–१३ स्थित २३ बिघा ३ कट्ठा १३ धुर जग्गामा परेको मुद्दा नेपाल आयल निगमले जितेको छ।

डेढ वर्षअघि जग्गाको वरिपरी तारबार गरेर संरक्षण गर्ने क्रममा स्थानीय छत्रबहादुर र उनकी बहिनी रिता कार्कीले आफूहरूको दुई बिघा जग्गा निगमले हडपेको दाबी गर्दै जिल्ला अदालत झापामा ०८ चैतमा  ‘जग्गा खिचलो’ मुद्दा दायर गरेका थिए।

उक्त मुद्दा दायर भएको करिब डेढ वर्षपछि जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले आइतबार अन्तिम आदेश जारी गर्दै छत्रबहादु र रिता कार्कीको मागदाबी नपुग्ने फैसला गरेको हो। उक्त फैसलापछि तारबार गरी संरक्षण गरेको जग्गा निगम स्वामित्वमा आएको छ।

उक्त जग्गामा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम भण्डारण गृह बनाइदिने र भारतको सिलगुढीदेखी पाइपलाइनसमेत बिछ्याएर ल्याइदिने सम्झौता भइसकेको छ। परियोजना निर्माणका लागि आइओसीले डिपिआरसमेत अन्तिम चरणमा पुर्‍याइसकेको निगमले जनाएको छ।