मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अंकको सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरूको सेयरमा लगानीकर्ता चासो देखिएको छ । 

आज नेप्से परिसूचक २९ अंकले बढेर दुई हजार ७६०.८० विन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर एक लाख पाँच हजार ४१५ पटक खरिद–बिक्री हुँदा रु. ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बैंकिङ समूह ३.३७ र लघुवित्त समूह ३.५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १.४७, वित्त १.८७, होटेल तथा पर्यटन ०.४८, जीवन बिमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ र म्युचुअल फन्ड १.०८ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् ०.८३, लगानी ०.०८, निर्जीवन बिमा ०.३४, व्यापार ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ ।

एनआइसी एसिया बैंक लिमिटेड र खानेपानी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको सबैभन्दा धेरै रू. ३७ करोड १४ लाख ९९ हजार ३२ बराबरको कारोबार भएको भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डको २० लाख ५४ हजार चार सय कित्ता सेयर किनबेच भएको छ ।